सेञ्चुरी कमर्सियल बैंकद्धारा बृहतनिस्शुल्क स्वास्थ्यशिविर संचालन
सेञ्चुरी कमर्सियल बैंकको भक्तपुर शाखाद्धारा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत घलाते चोक टोल सुधार समिती यो यो बैंक्वेट र भक्तपुर हार्ट एण्ड डाईवेटिज सेन्टरको सहकार्यमा बृहतनिस्शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
उक्त शिविरमा सुगर, ब्लड प्रेसर,इसिजीको चेक जाँच भएको थियो ।
उक्त शिविरमा जेष्ठ नागरिक लगाएत १५७ जनाले चेकजाँच गराएका थिए ।
शिविरमा टोल सुधार समितिका प्रतिनिधीहरु, प्रतिनिधीसभा सदस्य पूर्वमन्त्री महेश बस्नेत, जेष्ठ नागरिक लगाएत बैंकका कर्मचारीको उपस्थितीमा कार्यक्रम संचालन भएको थियो ।