बमबहादुर मिश्र राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा
काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी फर्छ्योट विभागमा कामू कार्यकारी रहेका बमबहादुर मिश्र कार्यकारी निर्देशकमा बढुवा भएका छन् ।
राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले मिश्रलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।
बैंक तथ वित्तीय संस्था नियमन विभागमा रहेका मिश्रलाई केहीदिन अघि भुक्तानी फर्छ्योट विभागमा सरुवा गरिएको थियो ।
२०५९ सालमा राष्ट्र बैंक प्रवेश गरेका उनीसँग विदेशी मुद्रा व्यवस्थापन विभाग, सुपरिभिजन विभाग र नियमन विभागका काम गरेको अनुभव छ । त्यतिमात्रै होइन, राष्ट्र बैंक आउनुअघि उनले झन्डै ८ वर्ष वाणिज्य बैंकहरुमा पनि काम गरेका थिए ।
मिश्रले त्रिभुवन विश्व विद्यालयबाट बिएस्सी, एमबिए, एलएलबी र जापानको टोकियोबाट अर्थशास्त्रमा एमफिल गरेका छन्।
हक्की स्वभावका मिश्र अनुशासनमा कडा मान्छिन् । उनलाई नजिकबाट चिन्ने राष्ट्र बैंकका अधिकारीहरु नै भन्छन्- मिश्रजी ज्ञान र अनुशासन दुबैमा अब्बल छन् ।