७० अर्बको लगानी आगामी असारदेखि कार्यान्वयनमा आउने



काठमाडौं । आगामी असार १६ गतेदेखि ७० अर्बको लगानी कार्यान्वयनमा आउने भएको छ । यसका लागि अर्थ मन्त्रालय र अमेरिकी सरकारको प्रतिनिधिको रुपमा मेलिनियम च्यालेञ्ज कर्पोरेसन बीच २०७४ भदौमा सम्झौता भएको थियो ।

राधजानी आयोजित पत्रकार सम्मेलनमा उक्त रकमले दुई वटा आयोजनामा लगानी हुने बताइएको छ । जसमा ४ सय केभी क्षमताको ३१८ किमि लामो प्रशारण लाइन र ३ वटा उच्च क्षमतायुक्त सब स्टेशन निर्माण हुने छ । यस्तै ३ सय किमि रणनैतिक सडकको मर्मत सम्भाव कार्यमा खर्च हुने भएको छ । आयोजना ५ वर्ष भित्र सम्पन्न हुने बताइएको छ ।

यसको लागि समय र लगानी केही पनि नथपिने बताइएको छ । कम्प्याक्ट सम्झौता कार्यान्वयमा लैजानु अघि नै सरकारसामु ६ वटा शर्त राखिएको छ । जसमा विद्युत नियमन आयोगको गठनको लागि कानूनी बाटो खुलाउनु पर्ने, कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदन हुनुपर्ने, बुटवलबाट भारतको गोरखपुरसम्म सिमाबाट प्रशारणलाईन निर्माणको लागि योजना बनाउनु पर्ने लगायत रहेका छन् । अहिले योजना निर्माण कार्यहरु अगाडी बढीरहेको बताइएको छ ।

आयोजनामा ५० करोड अमेरिकी डलर अमेरिकाको हुने छ भने १३ करोड अमेरिकी डलर नेपाल सरकारको लगानी हुने छ ।


क्लिकमान्डु