बैंक अफ काठमान्डूको नाफा ४६.७० प्रतिशतले बढ्यो, खराब कर्जा कति ?



काठमाडौं । बैंक अफ काठमान्डूले आर्थिक वर्ष २०७५÷०७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा ४६.७० प्रतिशतले बढेर १ अर्ब ९३ करोड ८२ लाख १९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा बैैंकले १ अर्ब ३२ करोड ११ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा १ अर्ब ३० करोड १ लाख ९८ हजार रुपैयाँ रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी २३.३८ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड ४४ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा ३ अर्ब ५ करोड ९१ लाख २५ हजार रुपैयाँ रहेको थियो । यस्तै सञ्चालन नाफा ४७.८१ प्रतिशतले बढेर २ अर्ब ७६ करोड ९८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा १ अर्ब ८७ करोड ३८ लाख ८५ हजार रुपैयाँ रहेको थियो । ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ५५ करोड २८ लाख ६६ हजार रहेको छ ।
८२ अर्ब ९३ करोड ६१ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले
७१ अर्ब ७३ करोड ७६ लाख ६४ हजार रुपैयाँ कर्जामा लगानी गरेको छ । बैंकको खराब कर्जा १.८२ प्रतिशतबाट घटेर १.५० प्रतिशतमा आएको छ ।
प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ७२ पैसा रहेको छ ।


क्लिकमान्डु