प्राइम बैंक र कन्काई विकास बैकबीचको स्वाप रेसियो ७१.५ कायम हुने



काठमाडौं । प्राइम कमर्सियल बैंकले आज आफनो बिशेष साधारण सभा सम्पन्न गरेको छ ।
उक्त सभाले कन्काई बिकास बैंकलाई प्राप्ती गर्नै बिशेष प्रस्ताव पारित गर्दै कन्काई विकास बैंकको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ७१.५ कित्ता स्वाप रेसियो कायम हुने गरी बिशेष साधारण सभा सम्पन्न गरेको छ । प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चात शाखा संख्या ९४ हुनेछ ।

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आपनो शेयरधनीहरु लाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको बैंकले जनाएको छ ।

 


क्लिकमान्डु