बोनस सेयर आश गर्नेलाई राष्ट्र बैंकको प्याकेज, यस्तो छ बैंकहरुको पूँजीकोष (सूचिसहित)



काठमाडौं । गत आर्थिक वर्षमा बैंकहरुले कमाएको नाफा प्रकाशित गरेका छन् ।

एनएफआरएस अनुसार बैंकहरुले सेयरधनीलाई कति लाभांश दिने क्षमता राख्छन् त्यो समेत सार्वजनिक भएको छ । यद्यपी अहिलेसम्म धेरैवटा वाणिज्य बैंकको गतवर्षको विवरण सार्वजनिक भएको छैन ।

सेयर बजारमा साधारण सेयरधनीले बोनस सेयरको आश गर्छन् भने संस्थापकको जोड नगद लाभांशमा हुने गरेको छ ।

राष्ट्र बैंकले सोमबार ल्याएको निर्देशिकाले बैंकहरुलाई नगद लाभांश बाड्न कडाई गरेको छ ।

राष्ट्र बैंकले काउन्टर साइकल बफर अन्तर्गत थप २ प्रतिशत पूँजीकोष राख्नुपर्ने व्यवस्था गरेको छ । अहिले बैंकहरुको न्यूनतम पूँजीकोष ११ प्रतिशत छ ।
असार मसान्तको सबैको विवरण प्रकाशित नभएको छैन । यद्यपी तीन महिनामा पूँजीकोषमा ठूलो परिवर्तन भने हुँदैन ।

चैतसम्म प्रकाशित विवरण अनुसार सबैभन्दा बढी पूँजीकोष १९.७४ प्रतिशत कृषि विकास बैंकको छ । सबैभन्दा कम प्रभु बैंकको ११.४४ प्रतिशत छ ।

राष्ट्र बैंकले गरेको व्यवस्थाले पूँजीकोष अनुपात नै १३ प्रतिशत कायम राख्नुपर्ने हुन्छ । चैतको विवरण अनुसार १४ वटा बैंकको पूँजीकोष अनुपात १३ प्रतिशतभन्दा कम छ भने १३ प्रतिशतभन्दा बढी पूँजीकोष हुने बैंकहरु १४ वटा छन् । जसमा ग्लोबल आइएमई र जनता बैंकले मर्जरमा जाने सम्झौता गरेका छन् ।

राष्ट्र बैंकले तोकेको पूँजीकोष धेरै बैंकको कम हुने हुँदा गतवर्षको नाफाबाट बैंकले बोनस सेयर दिने छन् । राष्ट्र बैंकले पूँजीकोष अनुपात नपुग्दासम्म नगद लाभांश बाड्न रोक लगाएको छ । बैंकहरुले बोनस सेयर दिनुपर्ने हुन्छ ।

Agriculture Dev 19.74%
Standard Chartered 18.89%
Civil 18.82%
Nepal Bank 17.02%
Janata 16.13%
NMB 15.42%
Mega 15.00%
Nepal Credit & Commerce 14.84%
Century 14.32%
Bank of Kathmandu 13.73%
Citizens 13.41%
Everest 13.38%
Nepal SBI 13.30%
NIC Asia 13.10%
 Sanima 12.97%
Rastriya Banijya Bank 12.81%
Kumari 12.73%
Machhapuchchre 12.63%
Nabil 12.50%
Siddhartha 12.37%
Prime 12.13%
Global IME 12.05%
Nepal Investment 11.97%
Sunrise 11.87%
Himalayan 11.82%
Nepal Bangladesh 11.76%
Laxmi 11.60%
Prabhu 11.44%


क्लिकमान्डु