स्वास्थ्य क्षेत्रमा फेसबुक मालिकले दिने भए ३ खर्ब १८ अर्ब रूपैँया



mark-zukerbarg-01
फेसबुकका संस्थापक मार्क जुकरबर्ग महत्त्वाकाङ्क्षी योजना सन्चालन गर्ने व्यक्तिमा पर्छन् भन्दा फरक पर्दैन । विश्वकै सर्वाधिक लोकप्रिय सोसल मिडिया सन्चालन गरेका मार्कको योजना विश्वभरका मानिसले इन्टरनेट चलाउन् भन्ने छ । यो अभियानमा लागिरहेका मार्कले पछिल्लो पटक आफ्नो कम्पनीले गरेको आम्दानीको ठूलो हिस्सा स्वास्थ्यको क्षेत्रमा पनि खर्च गर्दै आएका छन् ।

अहिले जुकरबर्ग दम्पतीले एक दशकमा विश्वबाट सबै रोगको उपचार अनुसन्धानको पूर्वाधारहरू तयार होस् भनेर ३ खर्ब १८ अर्ब रूपैँया दिने घोषणा गरेका छन् । उनीहरूले दिएको अनुदानले स्वास्थ्य क्षेत्रमा काम गर्ने हो भने विश्वमा अहिले देखिएका धेरै रोगहरूको उपचार सम्भव ८० वर्षमा हुने अनुमान गरिएको छ ।

पछिल्लो पटक स्वास्थ्यको क्षेत्रमा भैरहेको तिब्रतर विकासले धेरै रोगहरूलाई प्राथमिक तहमै उपचारबाट निर्मूल गर्न सक्ने भैसकेका छौं, भने केही रोगहरूलाई पछि पनि निको गर्न सकेका छौँ । तर पनि केही रोगहरू नयाँ देखिएको पनि छन् । तर पनि विज्ञानको क्षेत्रले यसलाई रोक्न सक्ने देखेरै यो अनुदानको घोषणा गरेको मार्कले टेलिभिजन अन्तवार्तामा बताए ।

आफू र श्रीमती पर्सेला चाङले पछिल्लो पटक वैज्ञानिक, अनुसन्धानकर्ताहरूसँग छलफल गरेर विश्वबाट रोगलाई निर्मूल गर्ने प्रयास गरेको बताए । उनीहरूले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए ।


क्लिकमान्डु