ग्लोबल आइएमई बैंकको नाफा ३३ % ले बढ्दा, लाभांश क्षमता साढे २३ %



काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा ३३ प्रतिशतले नाफा बढाएको छ ।

बैंकले प्रकाशित गरेको विवरण अनुसार गत आर्थिक वर्षमा २ अर्ब ७९ करोड रुपैयाँ नाफा गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा बैंकको नाफा २ अर्ब १ करोड थियो ।

बैंकले ब्याज आम्दानी समेत ३३ प्रतिशतले बढाएको छ । बैंकले गतवर्ष ५ अर्ब १६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा २ अर्ब ४२ करोड गरेको छ । सो हुँदा बैंकले साढे २३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राखेको छ । यद्यपी वार्षिक विवरण स्वीकृत हुँदा सो रकम फरक पर्छ ।

बैंकमा २०७६ असार मसान्तसम्ममा १ खर्ब २० करोड निक्षेप छ भने कर्जा १ खर्ब ८ अर्ब रहेको छ । २०७५ असार मसान्तमा बैंकमा १ खर्ब ४ अर्ब निक्षेप रहेको थियो भने कर्जा ८८ अर्ब रुपैयाँ रहेको थियो ।

बैंकको खराब कर्जा अनुपात ०.५५ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७८.६९ प्रतिशत छ अघिल्लो वर्ष ७५.३५ प्रतिशत रहेको थियो ।

बैंकको बेसरेट ९.५४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १०.५५ प्रतिशत थियो । बैंकले ४.४७ प्रतिशत स्प्रेडदरमा काम गरेको छ । बैंकको प्रति सेयर आम्दानी २७.११ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु