सानिमा बैंकको नाफा २ अर्ब २४ करोड हुँदा, सेयरधनीलाई २० प्रतिशत लाभांश दिने क्षमता



काठमाडौं । सानिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा मा वर्ष २०७४÷७५ को तुलनामा ३२ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ६९ करोड रहेको थियो ।

बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ६२ करोड गरेको प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । सो हुँदा बैंकले सेयरधनीलाई गतवर्षको नाफाबाट २० प्रतिशत लाभांश दिनसक्छ । यद्यपी वार्षिक वित्तीय विवरण स्वीकृत हुँदा सो रकम फरक भने पर्छ ।

बैंकले असार मसान्तसम्ममा ८९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा प्रवाह भने ८१ अर्ब २४ करोड रहेको छ । अघिल्लो वर्षको असार मसान्तमा बैंकमा ७७ अर्ब ८४ करोड निक्षेप थियो भने कर्जा ६७ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्ममा बैंकको कर्जा निक्षेप अनुपात अघिल्लो वर्षको तुलनामा बढेको छ । २०७६ असार मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ७७.९१ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो अनुपात ७६.९९ प्रतिशत थियो ।

यस्तै बैंकको आरओई भने अघिल्लो वर्षको तुलनामा बढेको छ । २०७६ असार मसान्तको विवरणमा बैंकको आरओई २३.२३ प्रतिशत छ २०७५ असा मसान्तको विवरणमा बैंकको आरओई १८.६७ प्रतिशत थियो ।

खराब कर्जा अनुपात सबैभन्दा कम हुने सानिमा यो वर्ष सामान्य रुपमा बढेको छ । २०७५ असार मसान्तको विवरणमा ०.०३ प्रतिशत रहेको खराब कर्जा अनुपात यो वर्ष ०.०८ प्रतिशत रहेको छ । बैंकहरुमा सबैभन्दा कम खराब कर्जा अनुपात हुने सानिमा बैंक हो ।

बैंकको कर्जाको बेसरेट अघिल्लो वर्षको तुलनामा घटेको छ । २०७५ असार मसान्तमा ९.९१ प्रतिशत रहेको बेसरेट २०७६ असार मसान्तमा ९.४५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी २८.०४ रुपैयाँ रहेको विवरणमा देखिन्छ ।


क्लिकमान्डु