आशा लघुवित्तको वित्तीय अवस्थामा आशालाग्दो सुधार, नाफामा यस्तो चमक
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५-०७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आशाको गत आवको वित्तीय विवरण निकै आशा लाग्दो देखिएको छ ।
यो अवधिमा आशाले नाफा २५३.२१ प्रतिशतले बढाएर ३ करोड ९१ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । यस्तै अघिल्लो आवको सोहि अवधिमा १ करोड १० लाख ९२ हजार रुपैयाँ आर्जन गरेको थियो ।
आशाको नाफा बढ्न खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाले सहयोग गरेको छ । यो अवधिमा आशाको खुद ब्याज आम्दनी ८८.९४ प्रतिशतले बढेर ११ करोड ५१ लाख २ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा ६ करोड ९ लाख १८ हजार रुपैयाँ रहेको थियो ।
यस्तै सञ्चाल मुनाफा पनि १८६.९५ प्रतिशतले बढेर ४ करोड १७ लाख ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा १ करोड ४५ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।
गत आवको चौथो त्रैमाससम्म आईपुग्दा २० करोड ७४ लाख रुपैयाँ पुँजी रहेको शाखाको जगेडा कोषमा ३ करोड ८९ लाख ५० हजार रुपैयाँ रहेको छ । यो अवधिमा ४९ करोड ७६ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ८९ करोड २६ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यस्तै खराब कर्जा ०.७८ प्रतिशतबाट बढेर १.४९ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८९ पैसा रहेको आशाको र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ७८ पैसा छ । रहेको छ ।