कामना सेवा विकास बैंकका ग्राहकले आईएमई पे सुविधा पनि लिन पाउने
काठमाडौं । कामना सेवा विकास बैंकले आई.एम.ई को आई.एम.ई. पे डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी सम्झौता गरी सेवा संचालनमा ल्याएको छ ।
बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत आई.एम.ई. पे डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरेको छ । आई.एम.ई. पे वालेट मार्फत ग्राहकले चन्द्रागिरी केवलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोवाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बैंकले जनाएको छ ।