कुमारी बैंक र सारथीबीच सम्झौता, क्युआर कोड मार्फत ट्याक्सी भाडा तिर्न पाइने
काठमाडौं । कुमारी बैंकले ट्याक्सी सेवा प्रदायक कम्पनी, सारथीसँग ब्रान्डिङ सहकार्य गरेको छ । उक्त सम्झौता–पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र सारथीका सह–संस्थापक रवि सिंघलले हस्ताक्षर गरेका छन ।
उक्त सहकार्य पश्चात् सारथीका ६५० ट्याक्सी टपहरुमा कुमारी बैंकको लोगाङ्ग्कित स्टिकर तथा विविध बचत खाताहरुको विज्ञापन स्टिकर मार्फत ब्रान्डिङ गरिने छ । यसैगरी, सारथीका ट्याक्सी चालकहरुको पहिचान कार्डको पछाडी युनिक क्यूआर कोड अंकित हुनेछ जसमार्फत सम्पूर्ण ग्राहकवर्गहरुले भौतिक नगद रहित नै सवारी शुल्क भुक्तानी गर्न सक्नेछन् ।
हाल कुमारी बैंकले देशभर रहेका १०० शाखा, ९० एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवाहरु दिदै आएको छ ।