सांग्रिला डेभलपमेन्ट बैंकको दार्चुला शाखा सञ्चालनमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले दार्चुला शाखाको आज औपचारिक उद्घाटन गरी कारोबार शुभारम्भ गरेको छ ।
महाकाली नगरपालिका वडा न. ४, खलंगा स्थित दार्चुला शाखाको महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुनाले संयुक्त रुपमा गरेका छन ।
दार्चुला शाखा विस्तारसँगै हाल यस बैंकको कुल शाखा संख्या ८६ रहेको छ र बैंकको थप ५ शाखा उद्घाटन हुने क्रममा रहेको बैंकले जानकारी दिएको छ ।