बैंक तथा वित्तीय संस्थाले विदेशमा शाखा खोल्न राष्ट्र बैंकले नीतिगत व्यवस्था ल्याउँदै
काठमाडौं । चालु आवको २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक तथा वित्तीय संस्थाको विदेशमा शाखा खोल्न नीतिगत व्यवस्था गर्ने भएको छ ।
गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै विदेशी बैंकको नेपालमा प्रतिनिधि/शाखा कार्यालय स्थापना गर्न नीतिगत व्यवस्थामा पुनरावलोकन गर्ने जनाएका छन् ।
यस्तै, मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जा स्रोत अनुपातको अनुगमनलाई प्रभावकारी बनाउँदै लगिने उल्लेख छ ।
तोकिएको अनुपात उल्लंघन गर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गरिने मौद्रिक नीतिमा व्यवस्था गरिएको छ ।
मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाका वेवसाइटमार्फत सार्वजनिक हुने सामग्रीहरु नेपाली भाषामा समेत राख्नुपर्ने बाध्यकारी व्यवस्था लागू गर्ने भएको छ ।
मौद्रिक नीतिमा सम्पत्ति शुद्धिकरण एवम आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणका लागि गो एएमएएल सिस्टमको प्रभावकारिता वृद्धि गर्ने भएको छ ।
विकास बैंक तथा वित्त कम्पनीहरुले समेत कोर बैंकिङ सफ्टवेयरबाट गोएएमएल सफट्वेयरमा विवरणहरु अपलोड गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्ने भएको छ ।