बीमा पोलिसी बिक्री गर्न मौद्रिक नीतिमा यस्तो आयो व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले बीमा कम्पनीबाट कर्जा सुरक्षणका स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने व्यवस्था गरेको छ ।

बुधबार चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरञ्जीवी नेपालले यस्तो व्यवस्था गरेका हुन् । बीमा गरिएको पोलिसी बाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा उल्लेख छ, ‘बैक. तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयमले छनोट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनुपर्ने र कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसीबाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ ।’


क्लिकमान्डु