लघुवित्त वित्तीय संस्थाले गाउँपालिकामा शाखा नखोली अन्य ठाउँमा शाखा खोल्न नपाउने




काठमाडौं । लघुवित्त वित्तीय संस्थाले गाउँपालिकामा शाखा नखोली अन्य ठाउँमा शाखा खोल्न नपाउने भएको छ ।

बुधबार चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरञ्जीवी नेपालले यस्तो व्यवस्था गरेका हुन् ।

मौद्रिक नीतिमा एकभन्दा बढी लुघवित्त वित्तीय संस्थामा निश्चित प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुने सेयरधनीहरु भएको संस्थालाई गाभ्ने, गाभिने र प्राप्तीमा प्राथमिकतामा राखी मर्जरमा लैजाने आवश्यक व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

लघुवित्त वित्तीय संस्थाहरुले महानगरपालिका, उपमहानगरपालिका र जिल्ला सदरमूकामबाहेक नगरपालिका र गाउँपालिका क्षेत्रमा एक शाखा स्थापना गरेपछि मात्रै उप महानगरपालिका वा जिल्ला सदरमुकाममा एक शाखाका स्थापना गर्न सक्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु