मर्जरमा जाने संस्थालाई राष्ट्र बैंकले दियो ५ वटा सुविधा



काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन सुविधा सहितको मौद्रिक नीति ल्याएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा मर्जरमा जाने संस्थालाई धेरै खाले सुविधा दिएको छ ।

राष्ट्र बैंकले मर्जरमा जाने संस्थालाई कृषि, उर्जा र पर्यटन क्षेत्रमा तोकिएको कर्जा पु¥याउनु पर्ने अवधि २०७८ असार मसान्त कायम गर्दा हुने तथा कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ४.४ प्रतिशत कायम गर्नुपर्ने अवधि २०७८ असार मसान्त कायम गर्दा हुने सुविधा दिएको छ ।

शाखा विस्तारको लागि राष्ट्र बैंकको स्वीकृति मर्जरमा जाने संस्थाले लिनुपर्ने आवश्यक छैन ।

संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत पदबाट हटेको कम्तिमा ६ महिना व्यतीत नभई यस बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा संचालक वा अन्य कुनै पनि हैसियतमा काम गर्न नपाउने विद्यमान प्रावधान लागु नहुने र चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नु पर्ने अवधि २०७८ असार मसान्त कायम गरिने व्यवस्था मौद्रिक नीतिले गरेको छ । 


क्लिकमान्डु