१५ लाख रुपैयाँसम्म कृषि कर्जा ७ दिनभित्र पाइने, सेवा शूल्क लिन नपाइने




काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको मौद्रि नीतिमा १५ लाख रुपैयाँसम्म कर्जा ७ दिनभित्र पाइने व्यवस्था गरेको छ ।

मौद्रिक नीतिमा कृषि, उद्यम तथा व्यवसाय प्रबद्र्धन कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ब्याज तोक्न पाउनेछन् । साथै, कुनै प्रकारको सेवा शुल्क भने लिन पाउने छैनन् ।

समय अगावै कर्जा भुक्तानी गरेमा अग्रिम भुक्तानी शुल्क लिन नपाइने समेत मौद्रिक नीतिले व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले यस प्रकारको कर्जा निवेदन प्राप्त भएको ७ दिनभित्र स्वीकृति गर्नुपर्नेछ । स्वीकृत हुन नसक्ने भएमा सोको प्रष्ट कारण सम्बन्धित ग्राहकलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु