आईडीपीले अष्ट्रेलियन एजुकेशन फेयर गर्दै, विद्यार्थीले ५ हजार डलरको छात्रवृत्ति पाउने
काठमाडौं । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै इन्टरनेशनल एजुकेशन स्पेसलिस्ट (आईडीपी) नेपालले आईडीपी बिगेस्ट अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्ने भएको छ ।
आगामी शुक्रबार होटल र्याडिसनमा आयोजना हुने मेलामा अष्ट्रेलियाका ३५ वटा विश्वविद्यालय उपस्थित हुनेछन् । मेलामा उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावकलाई अष्ट्रेलियाको शिक्षा र विश्वविद्यालयबारे जानकारी दिइनेछ ।
मेलामा विद्यार्थीहरुले विश्वविद्यालय, ती विश्वाविद्यालयमा अध्यापन गराइने कोर्स, शुल्क तथा छात्रवृत्तिका बारेमा जानकारी लिन सक्नेछन् ।
त्यस्तै, मेलामा सहभागी हुने विद्यार्थीमध्येका विजेता विद्यार्थीलाई आईडीपी एकेडेमिक मेरिट स्कलरसिप अन्तर्गत ५ हजार अष्ट्रेलियन डलर बराबरको छात्रवृत्ति समेत उपलब्ध गराउनेछन् ।
मेला विहान साढे १० बजेदेखि सुरु हुनेछ ।