नेप्सेले देखायो होलीको रातो रङ



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४.४५ अंकले घटेको छ ।

साताको पहिलो दिन नेप्सेका सबै समूह राता भएका छन् । सेयर कारोवारबाट नेप्से परिसूचक १३१३.०१ अंकमा आइपुगेको छ । गत विहीवार नेप्से परिसूचक १३३७.४६ अंकमा थियो ।

आइतबार नेप्सेमा १ सय ३२ कम्पनीका ५ लाख १२ हजार कित्ता सेयरको कारोबार भएको छ । २५ करोड ६९ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सबै समूहका परिसूचक रातै भएका छन् । होटल २९.१२,अन्य समूह ४१.०७, बैकिङ १८.१८, विकास बैंक ७.९९, जलविद्यृत् २६.७८, वित्त ८.३३, बीमा १६८.८६ र उत्पादन मुलक १.२९ अंकले घटेका छन् ।
सबैभन्दा बढी कमाउने लगानीकर्तामा साहारा विकास बैंकका लगानीकर्ता छन् । गुमाउने सिन्धु विकास बैंक, नेपाल टेलिकमका लगानीकर्ता छन् ।


क्लिकमान्डु