ग्लोबल आइएमई र तरकारी तथा फलफूल व्यवसायीबीच कृषि कर्जासम्वन्धी सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंकले सरल तथा सुलभ कृषि कर्जा प्रवाह गर्ने उद्देश्यले तरकारी तथा फलफूल व्यवसायीहरुसँग आवधिक कृषि कर्जा लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतामा बैंकका सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, नेपाल फलफुल थोक व्यवसायी संघका अमर बानियाँ तथा तरकारी फलपूmल थोक बजार व्यवसायीक संस्थाका भरतप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन ।
हस्ताक्षर कार्यक्रममा बोल्दै सहायक महाप्रबन्धक रेग्मीले विगत देखिनै ग्लोबल आइएमई बंैक र फलफुल व्यवसायीहरुबीच असल सम्बन्ध रहेको र यस सम्झौताबाट नेपाल फलपूmल थोक व्यवसायी संघ र तरकारी फलपूmल थोक बजार व्यवसायीक संस्थाबीचको सामिप्यता अझ बढ्ने विश्वास व्यक्त गरे ।
उनले सम्झौतापति संघ/संस्थामा आबद्घ व्यवसायीहरुले सस्तो, सरल तथा सूलभ ब्याज दरमा कृषि कर्जा प्राप्त गर्न सक्ने भएकोले व्यवसायीहरुलाई यसको भरपूर फाइदा लिन आग्रह गर्दै यसबाट फलपूmल तथा तरकारी बजारको थप विकास एवं विस्तारमा टेवा पुग्ने धारणा राखे ।
सम्झौताबाट नेपाल फलपूmल थोक व्यवसायी संघ र तरकारी फलफुल थोक बजार व्यवसायीक संस्थामा आबद्घ करिब ७०० फलफुल तथा तरकारी व्यवसायीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।
बैंकले कृषि व्यवसाय तथा पेशामा संलग्न रहेका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले विगत देखि नै कृषि कर्जा प्रवाह गर्दै आइरहेको छ ।