ललितपुरको खुमलटारमा जनता बैंकले खोल्यो नयाँ शाखा
काठमाडाैं । जनता बैंकले ललितपुर जिल्लाको खुमलटारमा नयाँ शाखा कार्यालयको औपचारिक उदघाटन गरी कारोवार शुभारम्भ गरेको छ ।
उक्त शाखाको समुद्घाटन बैंक संचालक समिति अध्यक्ष केशब बहादुर रायमाझीले गरेका थिए । उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो ।
खुमलटार शाखासँगै बैंकका शाखाको संख्या १४२ पुगेको छ भने काठमाडौं उपत्यकामा यो २४औं शाखा हो । यस अतिरिक्त बैंकले १०८ एटिएम, ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।