सेयर बजारमा सामान्य सुधार, कारोबार रकमले लिएन गति



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से मापन गर्ने सूचक २.९२ अंकले बढेर १२५०.२७ बिन्दुमा रोकिएको छ ।

१६५ कम्पनीको १६ लाख ७ हजार ६७२ कित्ता सेयर ४६ कारोड ८२ लाख ६३ हजार ७७० रुपैयाँको सेयर किनबेच भएको ६३ हजार ७७० रुपैयाँको सेयर किनबेच भएको छ ।

११ समूहको कारोबारमा बैंकिङ ३.८७, डेभलपमेन्ट बैंक ४.८१, जलविद्युत ४.२४, वित्त कम्पनी ४.९४, उत्पादन तथा प्रशोधन ३.०८ र जीवन बीमा समूहको उपसूचक २४.१२ बिन्दुले बढेको छ भने बाँकी समूहको कारोबारमा गिरावट देखिएको छ ।

कारोबार रकमको आधारमा नेपाल इन्भेष्ट बैंकको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । बैंकको संस्थापक सेयर ६ करोड २ लाख ९८ हजार ९४ कित्ता सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः लक्ष्मी बैंक र नेपाल बैंक रहेका छन् ।

मंगलबारको कारोबारमा इन्फिनिटि लघुवित्तीय संस्था, मल्टिप्रपोज फाइनान्स, राधि विद्युत कम्नपी, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, समिट लघवित्त वित्तीय संस्था, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरुले गुमाएका छन् ।


क्लिकमान्डु