मर्जरको चर्चा चल्दा प्रभु बैंकको ११ करोड ४५ लाख रुपैयाँको संस्थापक सेयर खरिदबिक्री



काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जान भनेपछि प्रभु बैंकले पनि अहिले विभिन्न संस्थासँग छलफल गरिरहेको छ ।

शुक्रबार प्रभु बैंकले सिभिल बैंकलाई मर्जरमा जाने प्रस्ताव पेश गरेको थियो । यद्यपी यो प्रक्रिया अगाडि बढाउनको लागि सुरुवातको मात्र प्रस्ताव हो ।
प्रभु बैंकको सोमबार स्टक एक्सचेन्जमा ६ लाख ७० हजार कित्ता संस्थापक सेयरको कारोबार भएको छ । ११ करोड ४५ लाख ७० हजार रुपैयाँ सेयर खरिदबिक्री भएको छ ।

दुईवटा फरक कारोबारबाट प्रभुको संस्थापक सेयर खरिदबिक्री भएको हो ।
ब्रोक्रर नम्बर ४५ बाट खरिद गरिएर ४२ नम्बर सेयर ब्रोक्ररबाट ३ लाख ३५ हजार कित्ता सेयरको खरिदबिक्री भएको छ । प्रतिकित्ता १७१ रुपैयाँको दरले कारोबार भएको छ ।

४२ नम्बरबाट खरिद भएर ४५ नम्बरबाट पनि ३ लाख ३५ हजार कित्ता सेयर प्रतिकित्ता १७१ रुपैयाँको दरले खरिदबिक्री भएको छ । आन्तरिक रुपमा नै संस्थापकहरुको समुहबीच कारोबार भएको बुझिएको छ ।


क्लिकमान्डु