कामना सेवा बैंकद्धारा श्री गोरक्षनाथ पीठ सिद्धाश्रमलाई सहयोग
काठमाडौं । कामना सेवा विकास बैंकल लेखनाथ, किंमबेसीस्थित श्री गोरक्षनाथ पीठ सिद्धाश्रमलाई भवन निर्माण तथा अन्य विकास कार्यहरुका लागि सहयोग गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत १ लाख रुपैंया आर्थिक सहयोग प्रदान गरेको हो ।
कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेशका प्रमुख टुबराज बास्तोलाले एक समारोहकाबीच उक्त सहयोग हस्तान्तरण गरेका ह’न । । आर्थिक सहयोगबाट पौराणिक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको यस पीठको संरक्षण र पूर्ननिर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।