अझै लिन सकेन सेयर बजारले गति, नेप्से सूचकमा दबाब बढ्दै



काठमाडौं । यो साता सेयर बजारले केही सुधारको बाटो देखाउने संकेत गरेपनि साताको अन्तिम दिन बिहीबार भने सेयर बजारमा गिरावट आएको छ ।

नेप्से मापन गर्ने सूचक ८.२७ अंकले घटेर १२६०.४७ बिन्दुमा रोकिएको छ । १७७ कम्पनीको ८९ लाख ८५ हजार ३५३ कित्ता सेयर ६७ करोड १ लाख ६९ हजार ९२९ रुपैयाँमा बिक्री भएको छ ।

कारोबारमा ११ वटा समूहको गिरावट देखिएको छ । बैंकिङ ६.५९, जलविद्युत १२.५१, निर्जीबन बीमा कम्पनी ६२.४५, जीवन बीमा कम्पनी समूहको उपसूचक ५३.९७ बिन्दुले घटेको छ ।

कारोबार रकमको आधारमा सिद्दार्थ इक्विटी ओरियन्टेड स्किम अग्रस्थानमा रहेको छ । यसको ५ करोड ५२ लाख २२ हजार २४७ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र नेपाल बैंक रहेका छन् ।

बिहीबारको कारोबारमा सूर्योदय लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन भने यूनियन हाईड्रोपावर, प्रुडेन्सियल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीका संस्थापक लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु