नेप्सेले विज्ञ तयार पार्न रोस्टर बनाउने
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले दक्ष–विज्ञहरुको सूची तयार पर्ने भएको छ । नेप्सेले विभिन्न १० जना दक्ष विज्ञको सूची तयार पार्न लागेको जनाएको छ ।
नेप्सेका अनुसार पुँजी बजारको विविध पक्षहरुमा आवश्यक पर्ने राय परामर्श सम्बन्धी सेवाहरुका लागि विशेषज्ञ आवश्यक परेको भन्दै विज्ञ राख्न लागेको जनाएको छ ।
नेप्सेले सूचना जारी गर्दै आवश्यक परेको अवस्थामा सेवा लिने प्रयोजनका लागि सम्बन्धि विषयका विशेषज्ञहरुलाई आवेदन दिने आग्रह गरेको छ ।
नेप्सेले हार्डवयर, सफ्टवयर एक्सपर्ट (आईटी परामर्श सेवा), पुँजी बजार (दोस्रो) बजारको विज्ञ, कमर्शियल र कर्पोरेट कानूनको ज्ञाता, फाइनान्सियल एनलाइसिस, कर्पोरेट फाइनान्स, फाइनान्सियल टेक्नोलोजी, ह्युमन रिसोर्स म्यानेजमेन्ट एक्पर्ट, टे«निङ सेमिनार एक्सपर्ट, पुँजी बजार सम्बन्धी प्रडक्ट डेभलपमेन्ट एक्पर्ट, कन्फिलिक्ट म्यानेजमेन्ट एक्पर्ट, डेरिभेटिम एक्पर्ट र प्रोक्युरमेन्ट एक्पोर्ट आवश्यक रहेको जनाएको छ ।