३ अर्ब राजश्व छलेको अभियोगमा १५ जना राजश्व अनुसन्धानको मुद्दा



काठमाडौं । राजश्व अनुसधान विभागले २ अर्ब ९८ करोड ५७ लाख ५७ हजार ११५ बराबरको झुट्ठा बिल बनाई राजश्व ठगेको अभियोगमा भक्तपुरका गोपालप्रसाद भट्टराई सहित १५ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

विभिन्न बैक तथा फाईनान्सबाट प्राप्त स्टेटमेन्ट लगायतका कागजात, आन्तरिक राजस्व विभागमा पेश गरेका मूल्यअभिवृद्धिकर तथा आय विवरणहरु समेतबाट विनोद धमाला, सन्तोष कुमार कार्की, मेघ बहादुर श्रेष्ठत, धन बहादुर भोम्जन, भरत बहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला (दमाई) र पार्वती सुचिकार समेतका नाममा विभिन्न ८ वटा फर्महरु दर्ता गराई उल्लेखित फर्महरुको सम्पूर्ण आर्थिक कारोवार गर्ने व्यक्तिहरु गोपाल प्रसाद भट्टराई र रिम्वरध्वज कार्कीले त्यस्ता फर्महरुबाट वास्तविक रुपमा बस्तु तथा सेवाको खरिद बिक्री कारोबार नै नगरी झुठ्ठा बिजक तयार गरी ठगी गरेको विभागको भनाइ छ ।

उनीहरुले राज्यलाई तिर्नुपर्ने कर दायित्व नतिर्ने प्रपन्च जालसाजी गरी निजी फाईदा लिई राजस्व चुहावट गरेको देखिएको विभागले जनाएको छ । उनीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसारको कसूर गरेको पुष्टि भएको पाइएको छ ।


क्लिकमान्डु