कुनैबेला प्रतिकित्ता ६३४ पुगेको कम्पनी अहिले ६८ मा झर्यो, लगानीकर्ता डुब्दा बिचौलियाले कमाए



काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी । यो कम्पनीको नाम सुन्नासाथ यो कम्पनीमा लगानी गर्ने सेयर लगानीकर्तालाई लाग्न सक्ला कि सबैलाई डुबाउने कम्पनी हो भनेर ।

तर यो कम्पनीको इतिहास हेर्ने हो भने कुनै समयमा प्रतिकित्ता ६३४ रुपैयाँसम्म सेयर मूल्य पुगेको थियो । सुन्दा जो कोहीलाई पनि अचम्म लाग्छ । तर यो सत्य नै हो ।

आर्थिक वर्ष २०६४/०६५ मा नेशनलको प्रतिसेयर आम्दानी ६ सय ३४ रुपैयाँ रहेको थियो । तर लामो समयदेखि यो कम्पनीको सेयर मूल्य १०० रुपैयाँ पनि पुग्न सकेको छैन ।

विगत एक वर्षको इतिहास हेर्ने हो भने गत वर्ष असार १३ गते यो कम्पनीको सेयर प्रतिकित्ता ८३ रुपैयाँ रहेको थियो । बुधबार ६८ रुपैयाँ रहेको छ । यो वर्ष हेर्दा सबै भन्दा बढी सेयर मूल्य साउन १ गते ८९ रुपैयाँ पुगेको थियो ।

यस्तै सबै भन्दा कम फागुन १३ गते ६० रुपैयाँ प्रतिकित्ता पुगेको थियो । यस पछि विस्तारै उकाले लागेको थियो । तर जति नै उकालो लागेपनि साधारण सेयरमा लगानी गर्ने लगानीकर्ताहरुले नाफा त कता हो कता लगानी समेत उठाउन सकेका छैनन् ।

यो कम्पनीको सेयर मूल्य साधारण सेयर भन्दा कम भएको छ । यति मात्र होइन अहिलेसम्म लगानीकर्तालाई लाभांश समेत दिएको छैन । लाभांश नपाउँदा पनि कम्पनीको सेयर मूल्य ६३४ रुपैयाँमा किनबेच भएको थियो ।

नेशनल हाईड्रो पावरको सेयरले डुबेका धेरै लगानीकर्ता मध्येका एक हुन छोटेलाल रौनियार पनि हुन । उनले नेशनलको सेयर प्रतिकित्ता १३५ खेदि २०९ रुपैयाँसम्ममा किनेका थिए । पछि उनले त्यो सेयर किनेको न्यूनतम मूल्यभन्दा पनि कममा बेचेको उनले पुरानो अनुभव सुनाए ।

रौनियार सम्झन्छन्, त्यो बेला बजारमा निकै उतार चढाउन आउन थालेपछि धेरै लगानीकर्तापनि वित्तल्लीत बन्न लागेका थिए, मैले नेतृत्व गरेर १७ जना लगानीकर्तालाई आयोजना बनेको स्थान मेलम्ची भन्दा माथी इन्द्रावती खोलामा नै लिएर गए, हामीले त्यहाँ गयौै, त्यहाँ गएर कर्मचारी, टे«ड युनियनका अधिकारीसँग बसेर कुरा गरे । सञ्चालकसँग पनि कुरा गरे । त्यो समयमा निर्मल प्रधान र लक्ष्मी बहादुर श्रेष्ठको बिबादको कारण लगानीकर्ता डुबी रहेका थिए । रौनियार भन्छन, त्यो बेला सबै कुरामा सफल भए तर त्यो बीबाद मिलाउन सकिन ।

लामो समय देखि गिरावट रहेको नेशनलको सेयर अहिले चाँही लगानीकर्ताहरुले लाभांश लिन भन्दा ६८/७० रुपैयाँमा किनेर केही बढ्ना साथ बिक्री गर्ने सोचका साथ कारोबार हुँदै आएको लगानीकर्ताहरुको भनाई छ ।


क्लिकमान्डु