माछापुच्छ्रे बैंकले पायाे ३ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति, ब्याजदर कती ?



काठमाडौं । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बोर्डका अनुसार बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ । बैंकले बोर्डबाट ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएसँगै १२ लाख इकाईमा सर्वसाधारण र १८ लाख इकाई बैंकका कर्मचारी तथा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज कायम गरिएको छ । यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु