काठमाडौं । कारोबारको सुरुमा सेयर बजार सामान्य बढेपनि दिनभर भने उतार चढाव भइनै रह्यो । अन्तिम समयमा आएर नेप्से मापन गर्ने सूचक ०.१७ अंकले बढेर १२७५.९९ बिन्दुमा रोकिएको छ ।
मंगलबार नेप्से मापन गर्ने सूचकमा निकै सामान्य सुधार मात्र देखिदा कारोकार रकममा पनि सुधार आउन सकेको छैन । १७४ कम्पनीको १५ लाख ९ हजार ८८५ कित्ता सेयर ४८ करोड ८ लाख ७८ हजार रुपैयाँ बढीको किनबेच भएको छ ।
१२ समूहको कारोबारमा बैंकिङ २.४६, व्यापार ७.६९, डेभलपमेन्ट बैंक ३.१७, जलविद्युत कम्पनी ४.६६, माइक्रोफाइनान्सको उपसूचक ३.५८ अंक बढेको छ । बाँकी समूहको कारोबारमा गिरावट आएको छ ।
कारोबार रकमको आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । शिवमको ३ करोड ७८ लाख २४ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः एनआईसि एसिया बैैंक र एग्रिकल्चर डेभलपमेन्ट बैंक रहेका छन् ।
मंगलबार पाँचथर पावर कम्पनी खानीखोला हाईड्रोपावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माउन्टेन हाईड्रो नेपालका लगानीकर्ताले कमाएका छन भने गुमाउनेमा नेपाल हाइड्रो डेभलपर्स, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स,गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, सुर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले गुमाएका छन् ।






प्रतिक्रिया