भारतमा ७ वस्तु निर्यात गर्दा नगद अनुदान पाइने
काठमाडौं । सरकारले भारतमा निर्यात हुने सात थरीका वस्तुको निर्यातमा नगद अनुदान दिने भएको छ ।
सरकारले स्वदेशी कच्चा पदार्थमा आधारित प्रसोधित बेसार, प्रसोधित मह, प्रसोधित अलैची, प्रसोधित अदुवा, प्रसोधित सुठ्ठो, तरकारी र पुष्पको निर्यातमा नगद अनुदान दिने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यी वस्तुमा यसअघि तेस्रो मुलुकमा निर्यातमा मात्रै अनुदान दिने व्यवस्था रहेको थियो । निजी क्षेत्रले भारतमा हुने निर्यातमा समेत नगद अनुदान दिन माग गर्दै आएका थिए । अब भारतमा भने निर्यातमा समेत अनुदान पाउने व्यवस्था गरको छ ।
अब भने भारतमा निर्यात हुँदा पनि अनुदान पाउने भएका छन् । नयाँ कार्यविधि अनुसार यी वस्तुको निर्यातमा ५ प्रतिशत नगद अनुदान सरकारले उपलब्ध गराउने छ । निर्यातलाई प्रतिस्पर्धी बनाउन सरकारले नै अनुदान दिन लागेको मन्त्रालयले जनाएको छ ।