इन्फिनिटि लघुवित्तको आईपीओ बाँडफाँड, तपाईंलाई कति पर्यो ?



काठमाडौं । इन्फिनिटि लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) बाँडफाँड गरेको छ । उक्त आइपीओमा आवेदन दिने मध्येबाट ६२ हजार ९ सय ९३ जनाले १० कित्ताको दरले सेयर पाएका छन् ।

यो कम्पनीको आइपीओमा ३ लाख २९ हजार ७९ हजाले ६९ लाख २९ हजार ९१० कित्ता सेयरमा आवेदन दिएका थिए । आवेदन दिएको मध्ये ६२७ जनाको १७ हजार २४० कित्ता सेयर रद्द भएको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।

वित्तीय संस्थाले ६ लाख ४० हजार ३०० कित्ता सेयर जारी गरेको थियो । जसमा १० हजार ३७० कित्ता सेयरमा कर्मचारीले र बाँकी रहेको ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणवलजे आवेदन दिएका थिए ।


क्लिकमान्डु