विवाहको सिजनमा सुनको भन्सार बढ्यो, दुईदिनमा तोलामा २ हजारले बढ्यो



काठमाडौं । सरकारले बजेट मार्फत सुनको भन्सार शुल्कमा बृद्धि गरेपछि सुनको मूल्य तोलामा दुईदिनमा दुई हजार रुपैयाँले बढेको छ ।

सरकारले ल्याएको बजेट मार्फत सुनको भन्सार शुल्क सरकारले बढाएको थियो । सरकारले प्रति १० ग्राम सुनको मूल्य ८५० रुपैयाँले बढाएको थियो ।

जसको कारण सुनको मूल्य बढेको हो । बजेट ल्याउने दिनसम्म सुनको मूल्य प्रतितोला ५९ हजार ५०० रुपैयाँ रहेको थियो । शुक्रबार ६१ हजार हजार पुगेको सुनको मूल्य आइतबार ६१ हजार ५०० पुगेको छ ।

भन्सारमा भएको बृद्धि र अन्तराष्ट्रिय मूल्यमा भएको बृद्धिको कारण सुनको मूल्य बढेको हो । पछिल्लो साता नै अन्तराष्ट्रिय बजारमा प्रति आउन्स २० अमेरिकी डलरले सुनको मूल्य बढेको छ ।

जेठ तथा असारमा विवाहको लगन भएको हुँदा विवाह गर्नेलाई भने सरकारले बढाएको भन्सार महशुल अन्तराष्ट्रिय बजारमा भएको बृद्धिको कारण असर पर्ने भएको छ ।

विवाहको सिजनमा सुनको माग नेपाली बजारमा उच्च हुने गरेको छ । सरकारले बैंकले ल्याउने मात्र नभएर विदेशमा बस्ने नेपालीले भित्राउने सुनको मूल्य समेत बढाएको थियो । विदेशमा रोजगारीमा गएका व्यक्तिले १०० ग्रामसम्म सुन ल्याउन सक्ने व्यवस्था छ ।

विदेशमा बस्नेले १०० ग्राम सुन आयात गर्दा लाग्ने शुल्क पछिल्लो आर्थिक विधेयकले १० हजार रुपैयाँले बढी भएको छ ।


क्लिकमान्डु