कमिसन र कारोबारमा कमी आएपछि नेप्सेको नाफा ३० प्रतिशतले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नाफामा गिरावट आएको छ ।
आर्थिक वर्ष २०७३/०७४ मा ३७ करोड २१ लाख रुपैयाँ आर्जन गरेको नेप्सेले आव २०७४/०७५ मा आईपुग्दा २६ करोड २ लाख रुपैयाँ मात्र रहेको छ । यो अवधिमा नेप्सेको नाफामा ३० प्रतिशतको गिरावट देखिएको छ ।
यस्तै आर्थिक वर्ष २०७३/०७४ मा ७७ करोड १४ लाख रुपैयाँ सञ्चिती नाफा रहेको नेप्सेको आव २०७४/०७५ मा आईपुग्दा यो रकम बढेर ८४ करोड ७१ लाख रुपैयाँ पुगेको छ । नेप्सेको सञ्चिती नाफा बढेपनि एक वर्षको अवधिमा खुद सम्पतिमा भने गिरावट देखिएको छ । आव २०७३/०७४ मा ३ अर्ब १६ करोड ४३ लाख रुपैयाँ रहेको खुद सम्पति रहेको नेप्सेको आव २०७४/०७५ मा २ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ मात्रै रहेको छ ।
३० करोड रुपैयाँ पुँजी रहेको नेप्सेले आव २०७३/०७४ मा १० करोड ६८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको नेप्सेले आव २०७४/०७५ सम्ममा आईपुग्दा १३ करोड ६५ लाख ४ हजार १६१ रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
यस्तै नेप्सेले आव २०७३/०७४ मा कमिशन बापत ४६ करोड ७८ रुपैयाँ आर्जन गरेको थियो । आव २०७४/०७५ मा आईपुग्दा यो रकम घटेर २७ करोड ४६ लाख ११ हजार ९४५ रुपैयाँ मात्रै रहेको छ । रहेको छ ।