पूर्वी नाकाबाट तेल आयात ठप्प, निगमले भन्यो- बिराटनगर कार्यालयबाट तेल लिनुहोस



काठमाडौं । नेपाल आयल निगमले गत जेठ १० गतेदेखि पूर्वी नेपालमा रहेको नाकाबाट पेट्रोलियम पदार्थको आपूर्ती ठप्प भएको हुँदा समस्या समाधान नहुञ्जेल झापास्थित चारआली शाखाबाट पेट्रोलियम पदार्थ लिनका लागि आग्रह गरेको छ ।

शनिबार विज्ञप्ती जारी गर्दै आयाल निगमको झापास्थित चारआली शाखाले भारतीय भन्सार कार्यालय पानीटंकीले निर्यात प्रक्रियालाई अनलाइन सिस्टममा अपग्रेड गरेको र समस्या सिर्जना भएकाले केही समय आपूर्ति रोकिन सक्ने बताएको छ ।

समस्या समाधान भइ आपूर्ती नहुञ्जेलसम्मका लागि पेट्रोल, डिजल, मट्टितेल र खाना पकाउने ग्याँसलगायत अन्य मालवस्तुहरु आयात रोकिएको थियो ।

निगमको झापा शाखाले निगमको शाखा कार्यालय चारआलीबाट पेट्रोलियम पदार्थ उठाउने निगमका अधिकृत विक्रेताहरुले निगमको १ नम्बर प्रादेशिक कार्यालय आवश्यक पेट्रोलियम पदार्थ उठाइ बिक्री गर्न समेत भनेको छ ।

निगमको बिराटनगर कार्यालयबाट शनिबार मात्रै पेट्रोल १ लाख लिटर र डिजल २ लाख ४० हजार लिटर बिक्री वितरण गरिएको जानकारी दिएको छ ।


क्लिकमान्डु