अर्थमन्त्री खतिवडाको राजीनामा माग्ने लगानीकर्ताले गरे एकाएक यस्तो प्रशंसा
काठमाडौं । कुनै समयमा आर्थमन्त्री डा. युवराज खतिवडालाईको राजीनामा माग्दै आमरण अनसन समेत बसेका सेयर लगानीकर्ताहरुले यति बेला भने मन्त्रीको खुलेरै प्रशंसा गरेका छन् ।
मन्त्री खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत विगतका वर्षमा रहेको ७.५ प्रतिशत लाभकलाई अहिले ५ प्रतिशतमा झारी अन्तिम लाभकरको रुपमा कायम गरेको भन्दै मन्त्रीको प्रशंसा गरेका हुन ।
बजेटमार्फत गैर आवसिय नेपाली संघ (एनआरएनए)लाई सेयर बजारमा सहज प्रवेशको लागि बाटो खुल्ला गरिनु, वित्तीय सुशासन कायम गर्नका लागि बैंक तथा वित्तीय संस्थाका साथै बीमा कम्पनीहरुलाई मर्जरमा जान प्रोत्साहन गर्नु, नियमक निकायहरुको क्षमता वृद्धि गरेको भन्दै उनीहरुले मन्त्रीको प्रशंसा गरेका हुन ।
सेयर बजारका ५ वटै संस्थाहरुले विज्ञप्ति जारी गर्दै राज्यले पूँजीबजारलाई हेर्ने दृष्टीकोणमा सकारात्मक परिवर्तन आएको जनाएका छन् । अहिलेको बजेटले पूँजीबजारमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गरेका छन् ।