बजेटमा हामीले उठाएको माग सम्बोधन: महासंघ अध्यक्ष राणा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योग वाणिज्य महासंघले उठाएको माग बजेटमा सम्बोधन भएको बताएकी छन् ।
महासंघले उठाएका धेरै मागहरु बजेटमा सम्बोधन भएको र यसले उद्योग व्यवसायलाई सकारात्मक प्रभाव पार्ने टिप्पणी राणाको छ ।
‘महासंघले उठाएको करको प्रशासयिक पुनरावलोकनमा ३३ प्रतिशतको रकम घटाउनुपर्ने माग सम्बोधन गरेर २५ प्रतिशतमा झारिएको छ,’राणाले भनिन् ।
यस्तै तयारी वस्तु र कच्चा पदार्थको भन्सार महुशल फरक गर्ने विषयको सम्बोधनले स्वदेशी उद्योगलाई फस्टाउन मद्दत पुग्ने विश्लेषण राणाको छ ।
स्वदेशी कपडा उद्योगलाई दिएको सहुलियतले बजेटले उद्योगलाई उकास्न मद्दत पुग्ने राणाले बताइन् ।