बजेट भाषणमा निजी क्षेत्र उत्साहितः बाँकी टिप्पणी आर्थिक विद्येयक हेरेपछि
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि पेश गरेको बजेटमा नीजि क्षेत्र उत्साहित देखिएको छ । बजेटमा टिप्पणी गर्दै निजी क्षेत्रका प्रमुखहरुले बजेट भाषणमा नीजि क्षेत्रले उठाएका मागहरु सम्बोधन हुने बताएका छन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले उद्योगीका मागहरु बजेट भाषणमा सम्बोधन भएको बताए ।
‘निर्यात प्रवर्धन गर्नका लागि बजेट भाषणमा अर्थमन्त्रीले धेरै सकारात्मक कुरा गर्नु भएको छ । करका दरका विषयमा आर्थिक विद्येयक अध्ययन गरेपछि मात्र भन्न सकिन्छ’, उनले भने ‘खास गरेर कपडा उद्योगमा दिएको सहुलियतले ठूलो आशा पलाएको छ ।’
यता नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठको धारणा पनि मोरको जस्तै छ । ‘बजेटले सबैलाई सम्बोधन गर्न खोजेको देखिएको छ’ उनले भने आर्थिक विद्येयक नहेरी करका दर भन्न सकिएन ।’