तिनकुने-कोटेश्वर सुरूङमार्ग, त्रिपुरेश्वरमा फ्लाई ओभर, नयाँ बानेश्वरमा अण्डरपास, चोभारमा बन्दरगाह बन्ने




काठमाडौ । सरकारले अत्याधिक सवारीसाधनको चापले जामको समस्या विकराल हुँदै गएपछि त्यसलाई न्युनिकरण गर्न विभिन्न योजना अघि सारेको छ ।

संसदमा बजेट पेश गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले जाम कम गर्न विभिन्न योजना अघि सारिएको बताएका हुन ।
बजेटमा प्रस्तुत योजाहरुमा तिनकुने–कोटेश्वर सुरुङमार्ग बन्ने छ । त्यसै गरी नयाँ बानेश्वरमा हुने अत्याधिक चापलाई मध्यनजर गरी अण्डरपास बनाउने सरकारको योजना छ । त्यसैगरी त्रिपुरेश्वरमा फ्लाई ओभर र चोभारमा सुख्खा बन्दरगाह बनाइने बजेटमा उल्लेख छ ।


क्लिकमान्डु