काठमाडौंमा अब रात्रिकालिन सम्पदा यात्रा सुरु गरिने



 


काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्रको मौलिक संस्कृति, परम्परा र संगीतको अवलोकन गर्न रात्रिकालिन काठमाडौं उपत्यका सम्पदा यात्रा सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् ।

बजेटमा रात्रिकालिन काठमाडौं सम्पदा यात्रा सञ्चालन गर्ने, कीर्तिपुरस्थित जातिय संग्राहलयलाई नेपालको परम्परा, रहनसहन, भाषा र सस्कृति झल्काउने गरी राष्ट्रिय संग्राहलयका रुपमा बनाउनका लागि रकम बिनियोजन गरिएको छ ।


क्लिकमान्डु