२ वर्ष अघिसम्मकाे जरिवानामा छुट दिदैँ टेलिकम
काठमाडौं । नेपाल टेलिकमले २०७४ असार मसान्तसम्मको बक्यौतामा लाग्ने जरिवाना छुट दिने भएको छ ।
टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको जनाएको छ । यस अनुसार २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट हुने छ ।
भुक्तानी गर्न बाँकी रहेका सेवाग्राहीले दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई पुरानो बक्यौता बुझाउन सकिने टेलिकमको भनाई छ । पुरानो बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुको मागलाई मध्यनजर गरी कम्पनीले उक्त छुटको व्यवस्था गरेको जनाएको छ ।