लाइफ इन्स्योरेन्स कर्पोरेसनले ७० प्रतिशत लाभांश दिने
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले लगानीकर्ताहरुलाई ७० प्रतिशत लाभांश दिने जनाएको छ ।
कर्पोरेसनले लगानीकर्ताहरुलाई नगद ३५.५३ प्रतिशत र ३४.४६ प्रतिशत बोनस सेयर दिने जनाएको छ । हाल कर्पोरेसनको १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० रुपैयाँ चुक्ता पुँजी रहेको छ ।