अब ३ महिनाभन्दा कम अवधिको मुद्दति निक्षेप लिन नपाइने

196
Shares

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाले अबदेखि ३ महिनाभन्दा कम अवधिको मुद्दति निक्षेप लिन नपाउने भएका छन ।

नेपाल राष्ट्र बैङ्कले निर्देशन जारी गरी यस्तो व्यवस्था लागु गरेको हो । यो व्यवस्थासँगै अब बैंक तथा वित्तीय संस्थाले ३ महिनाभन्दा कम अवधिको मुद्दति निक्षेप लिन पाउने छैनन् ।

निक्षेप बढाउन बैंकहरुले छोटो समयका लागि पनि मुद्दति निक्षेप लिन थालेको गुनासो बढेपछि राष्ट्र बैंकले यो व्यवस्था लागु गरेको बताइएको छ ।

त्यसै गरी राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार मुद्दती निक्षेपको समय अवधि समाप्त नहुँदै पूर्वनिर्धारित ब्याजदर कायम रहने गरी ग्राहकले चाहेको बेला जहिले पनि झिक्न पाउने गरी मुद्दती निक्षेप लिन नपाउने व्यवस्था गरिएको छ ।

यो नियम नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गको इजाजत लिएका बैंक तथा वित्तीय संस्थाहरुमा लागु हुने छ ।

बैङ्क तथा वित्तीय संस्थाले निक्षेप बढाउन छोटो समयका लागि लिन थालेपछि यसलाई निरुत्साही बनाउन यस्तै व्यवस्था गरिएको केन्द्रीय बैङ्कले जनाएको छ ।

Skip This