सेयर बजारमा सामान्य सुधार हुँदा कसले कमाए, कसले गुमाए ?



काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से मापन गर्ने सूचक ३.०७ अंकले बढेर १२९५.०३ बिन्दुमा रोकिएको छ ।

१७१ कम्पनीको २६ लाख ७० हजार १४० कित्ता सेयर ८४ करोड ८१ लाख ३९ हजार ३२६ रुपैैयाँमा किनबेच भएको छ ।

दश वटा उपसमूहको कारोबारमा होटल, १००.२४, वित्त ०.४१, निर्जीबन बीमा ७६.०४, उत्पादन तथा प्रशोधन ९८.७९ अंकले बढेका छन् ।

कारोबार रकमका आधारमा सानिमा बैंकको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । सानिामाको १६ करोड ४५ लाख ८१ हजार ६८२ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः सगरमाथा इन्स्योरेन्स,शिवम् सिमेन्ट रहेका छन् ।

यस्तै आइतबारको कारोबारमा शिवम् सिमेन्ट, प्रिमियर इन्स्योरेन्स,ओरियन्टल होटल, नेपाल हाईड्रो डेभलपर्सका लगानीकर्ताले कमाउँदा सूर्योदय लघुवित्त वित्तीय संस्था, नबिल इक्वीटी फण्ड, सिनर्जी पावर डेभलपमेन्ट लगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु