बढ्यो इन्धनको मूल्य



NOC

काठमाडौं । नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य ९८ पु¥याएको छ । यसअघि पेट्रोलको मूल्य ११० रुपैयाँ थियो भने डिजेल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ रहेको थियो ।

निगमले पेट्रोलमा एक रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलमा एक रुपैयाँ मूल्य वृद्धि गरेको छ । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको प्रवक्ता गोइतले बताए ।

इण्डियन आयल कर्पोरेशनले मे १ मा मूल्यको नयाँ सूची पठाएपछि समायोजन भएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन भएको हो । समायोजन पश्चात भारतको रक्सौलभन्दा नेपालको वीरगंज तर्फको सिमा क्षेत्रमा पेट्रोल १३ रुपैयाँ ६७ पैसा र डिजेल १५ रुपैयाँ ६४ पैसा प्रति लिटर पाइने गरेको निगमको भनाई छ ।


क्लिकमान्डु