सेयर बजारमा गिरावट, कारोबार रकम निरासाजनक
काठमाडौं । सेयर कारोबारमा साताको अन्तिम दिन सामान्य गिरावट देखिएको छ । कारोबारको सुरुदेखि नै सामान्य उतारचढाव देखिरहेको थियो । अन्तिम समयमा आएर नेप्से सूचक ४.२१ अंकले घटेर परिसूचक १२९४.३९ बिन्दुमा रोकिएको छ ।
अघिल्लो दिनहरुमा एक अर्ब भन्दा बढी कारोबार भएको सेयर बजारमा बिहीबार भने १७० कम्पनीको १८ लाख ३ हजार २६ कित्ता सेयर ५८ करोड ७८ लाख ५५ हजार ११३ रुपैयाँको कारोबार भएको छ । बिहीबार ११ उपसमूहको कारोबार हुँदा होटल १३.६३, निर्जीबन बीमा ३७.५५, उत्पादन तथा प्रशोधन ३८.०८ अंकले बढेको छ भने बाँकीको घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको ४ करोड ३५ लाख ३० हजार २३३ रुपैयाँको सेयर किनबेच हुँदा दोस्रो र तेस्रोमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट रहेको छ ।