वैदेशिक रोजगार व्यवसायी संघले माग्यो राष्ट्र बैंकसँग ४ अर्बको ब्याज



काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बीना ब्याज राष्ट्र बैंकमा राख्नुपर्ने चार अर्ब रुपैयाँको ब्याज व्यवसायीलाई दिन आग्रह गरेका छन् ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटका लागि सुझाव लिन आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन । व्यवसायीले धरौटी बापट बीना ब्याज उक्त रकम राष्ट्र बैंकको ढुकुटीमा राख्दा वैदेशिक रोजगारीमा जाने कामदारमाथी आर्थिक भार बढ्ने भन्दै उक्त रकमको ब्याज व्यवसायीलाई दिन आग्रह गरेका हुन ।

वैदेशिक रोजगारीको क्षेत्र राज्यलाई आवश्यक हो भने आगामी आवको बजेटमा व्यवसायीले राखेको पैसाबाट ब्याज पाउने व्यवस्था गर्न सुझाव दिए । यसले गर्दा रोजगारीका लागि विदेश जाने कामदारमा भार कम हुने उनको सुझाव छ । व्यवसायीहरुको अर्बौ रकम बीना ब्याज राख्नु पर्दा कामदारलाई आर्थिक भार पर्ने उनको भनाई छ ।

सरकारले गत महिनादेखि म्यानपावर व्यवसायीहरुको धरौटी रकम बढाएर दुई करोडदेखि ६ करोडसम्म पुर्याएको छ । त्यसको लागि तीन वटा तहमा विभाजान गरेको छ । नगद धरौटी ५० लाख र डेढ करोड बैंक ग्यारेन्टी रहनुपर्ने व्यवस्था गरेको छ । अध्यक्ष गुरुङले व्यवासायीहरुले आगामी भदौ १८ गते भित्रमा ७ अर्बको ट्रान्जयाक्सन गर्नुपर्ने देखिएको बताए ।

व्यवसायीहरुले विदेशमा कामदार पठाएबापत लाखौ डलर सेवा शुल्कबापत पाउने गरेका छन् । व्यवसायीले बजार प्रवद्र्धन गर्न जाँदा वार्षिक रुपमा ५ हजार भन्दा बढी डलर सटही गर्न नपाएको बताए ।

लाखौ डलरमा सेवा सुविधा लिने तर ५ हजार भन्दा बढी डलर सटही गर्न नपाउने भएपछि अर्कै बाटोबाट रकम लैजानु पर्ने बाध्यता भएको भन्दै व्यवसायीहरुले आफुले प्राप्त गरेको सेवा सुविधाबापतको रकम डलर सटही गरेर लैजाने बाताबरण बनाउन सुझाव दिए ।


क्लिकमान्डु