सेयर बजारमा सामान्य सुधार, कारोबार रकममा भारी गिरावट



काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से मापन गर्ने सूचक ३.७४ अंकले बढेर १२६०.६८ बिन्दुमा रोकिएको छ ।

मंगलबार १७६ कम्पनीको १८ लाख १ हजार ५२२ कित्ता सेयर ६१ करोड ४१ लाख ४७ हजार ४११ रुपैयाँमा किनबेच भएको छ । सोमबार भन्दा मंगलबार कारोबार रकममा निकै गिरावट आएको छ । सोमबार एक अर्ब भन्दा बढीको सेयर किनबेच भएको थियो ।

मंगलबार ११ उपसमूहको कारोबार भएको छ । कारोबारमा बैंकिङ ६.६६, डेभलपमेन्ट बैंक०.५७, वित्त कम्पनी १.४५, निर्जीबन बीमा कम्पनी १६.४१, उत्पादन तथा प्रशोधन ४६.०८ अंकले बढेको छ ।

बाँकी रहेका व्यापार, होटल, जलविद्युत, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा तर्फ गिरावट आएको छ ।
कारोबार रकममा आधारमा छिमेक लघुवित्त विकास बैंक अग्र स्थानमा देखिएको छ । दोस्रो र तेस्रोमा क्रमशः नेपाल बैंक र एनएमबी बैंक रहेका छन् ।


क्लिकमान्डु