नबिल ब्यालेन्स फण्ड–२ को १२ करोड इकाईमा आवेदन खुला



काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटडले आज (बिहीबार) देखि नबिल ब्यालेन्स फण्ड–२ को १२ करोड इकाई बिक्री खुला गरेको छ ।

नबिल इन्भेष्टले प्रतिइकाई दश रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन सुरु गरेको छ ।

उक्त इकाइमा वैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिन चाहने लगानीकर्ताहरुले न्यूनतम एक हजार रुपैयाँदेखि १२ करोड रुपैयाँसम्म आवेदन दिन सक्ने बताइएको छ । दश वर्ष अवधिको यस फण्डको इकाईमा प्रतिइकाई दश रुपैयाँ पर्दछ ।

खुला गरिएको इकाईमध्ये बिज पूँजी वापत न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई छुट्टाइएको छ भने बाँकी इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सि–आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु